होली पर्वले समाजमा विद्यमान आपसी भाईचारा र सद्भावलाई थप बलियो बनाउनेछः मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वको अवसरमा मधेशवासीकासाथै सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दिघार्यु र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

उनले होली पर्वले समाजमा विद्यमान आपसी भाईचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् ।

साथै जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मिथिला मध्यमा पक्रिमामा साहभागी हुनु भएको सम्पूर्ण साधुसन्त एवम् धर्मानुरागीहरुमा समेत मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस