रौतहटमा बस दुर्घटना : सप्तरीका ७ जनासहित एक दर्जन बढी घाइते

जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा विहिवार विहान बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । पूर्वतर्फ आइरहेको लु २ ख ४७५८ नम्वरको बसलाई ना ७ ख २०८१ नम्वरको बसले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

पश्चिमतर्फ जाँदै गरेको प्र २–०३–००५ प १५४ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा २०८१ नम्बरको बसले अर्को बसलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा सप्तरीको अग्नीसाइकर कृष्णसवरन गाउँपालिका–४ का २३ वर्षीय धनराज यादव, सप्तरीकै बोदे बरसाईन नगरपालिका–४ का ३१ वर्षीय मो.अंसारुल, सोही ठाउँका ४ वर्षीय राम तुल्लाह मियाँ, सप्तकोशी नगरपालिका–१० का ६५ वर्षीय चतुर चौधरी, कञ्चनरुप नगरपालिका–८ का २८ वर्षीय प्रशुन मलिक, सोही नगरपालिका–६ का २६ वर्षिय कमानन्द चौधरी र राजविराज नगरपालिका–८ का ३२ वर्षीय राज कुमार सेठ घाइते भएका छन् ।

त्यस्तै, सिराहाको धनगढीमाई नगरपालिका–८ का २५ वर्षिय धर्मेन्द्र महतो, सोही ठाउँका २३ वर्षीय अजय कुमार महतो र धनगढीमाई नगरपालिका–९ का ३० वर्षिय राम प्रकाश महतो घाइते भएका छन् । त्यस्तै, उदयपुरका ४० वर्षिय कृष्ण घिमिरे, उदयपुरको कटारी नगरपालिका–१ का ३१ वर्षिय हरिबहादुर अधिकारी, सिन्धुलीका ३७ वर्षीय बिष्णु बिक, सर्लाहीको हरिवन नगरपालिका– ११ का २६ वर्षिय अनिष भन्ने यम बहादुर खडका घाइते भएका प्रहरी नायव उपरीक्षक लामिछाने बताए ।

उनका अनुसार घाइते सबैलाई हात, खुट्टा, टाउको र शरीरका विभिन्न भागहरुमा चोट लागेको छ । उनीहरुलाई उपचारको लागि चन्द्रनिगाहपुरस्थित एपोलो सिटी अस्पताल र चन्द्रपुर अस्पतालमा भर्ना गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस