होलीमा सुरक्षा व्यवस्था: सप्तरीमा ड्रोनबाट निगरानी गरिँदै

राजविराज। सप्तरी प्रहरीले होलीमा सम्भावित उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा गरेको छ ।

जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिनलागि सुरक्षा व्यवस्था कडा गरेको हाे। जसका लागि जिल्लाभर ५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

उनकाअनुसार बजार एरियाका गतिविधी अनुगमन गर्न ड्रोनबाट समेत निगरानी भइरहेको छ । उनले मर्यादित रुपमा हाेली पर्व मनाउन सबैमा आग्रह समेत गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस