अनियन्त्रित पिकपले ठक्कर दिँदा लेखीको मृत्यु

राजविराज । पिकप अनियन्त्रित भएर पैदल यात्रीलाई ठक्कर दिँदा सप्तरीमा एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ रत्वालास्थित स १ च १६८३ नम्वरको पिकपले ठक्कर दिएको हो । ठक्करबाट सोही ठाउँका दुखीलाल लेखीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका लेखीलाई स्थानीय धर्मेश्वर अस्पतालमा उपचारपछि थप उपचारको लागि राजविराजतर्फ ल्याउने क्रममा मृत्यु भएको उनले बताए । पिकप र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस