निजी हातहतियार बुझाउन सुनसरी प्रशासनको आग्रह

सुनसरी । सुनसरी प्रशासनले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तबरले सम्पन्न गर्नका लागि निजी हातहतियार बुझाउन स्थानीयवासीसँग आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै इजाजत लिएर जिल्लावासीले राखेका हतियार १५ दिनभित्र बुझाउन आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नको लागि सुनसरी जिल्लाभित्र इजाजत प्राप्त गरी राखिएका विभिन्न किसिमका हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भए पश्चात फिर्ता पाउने गरी नजिकको प्रहरी ईकाईमार्फत जिल्ला प्रहरी कार्यालयमा यो सूचना जारी भएको मितिले १५ दिनभित्र बुझाउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।’

जिल्ला प्रशासन कार्यालयमा अनुमति लिएर जिल्लामा ४८८ जनाले हतियार घरमा राखेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस