मधेशमा तीन गुणाभन्दा बढीले दिए म्यादी प्रहरीका लागि आवेदन

राजविराज, १२ चैत । सप्तरीमा म्यादी प्रहरीको भर्नाका लागि तीनभन्दा बढी आवेदन परेको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

जिल्लामा छ दिन (चैत ६ गतेदेखि ११) सम्म आवेदन खुलाइएको थियो । जसमा १ हजार ४ सय १७ महिला र ८ हजार ७ पुरुष गरी कुल ९ हजार ४ सय २४ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार जिल्लामा कुल ३ हजार १ सय ३९ जना ४० दिनको माग गरिएको छ ।

मधेश प्रदेशमा ६८ हजारबढीले दिए आवेदन

मधेस प्रदेशभरमा २१ हजार ६ सय ९८ जना माग गरिएकोमा ६८ हजार १९ जनाले आवेदन परेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बारामा ११ हजार २ सय ६७ जनाले आवेदन दिएका छन् । बारामा २ हजार ५ सय २८ जना म्यादी प्रहरी माग गरिएको छ ।

त्यस्तै, सर्लाहीमा ३ हजार ८८ जना म्यादी प्रहरी माग गरिएकोमा १० हजार ८ सय ५१ जना, धनुषामा ३ हजार ४८६ म्यादी प्रहरी माग गरिएकोमा ९ हजार २१, महोत्तरीमा २ हजार ७३६ माग गरिएकोमा ८ हजार ५४, रौतहटमा २ हजार माग गरिएकोमा ६ हजार ६८४, सिरहामा २ हजार ३३१ माग गरिएकोमा ६ हजार ५०७ र पर्सामा १ हजार ८०१ जना म्यादी प्रहरीको माग गरिएकोमा ६ हजार २०१ जनाले आवेदन दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780