राष्ट्रिय मान्यता नपाएका ७३ दललाई आफ्नै चुनाव चिह्न दिने निर्णय

जनकपुरधाम । राष्ट्रिय मान्यता नपाएका ७३ दललाई उनीहरुको आफ्नै दलको चुनाव चिह्न उपलब्ध गराउने भएको छ।

आइतबार बसेको निर्वाचन आयोगको बैठकले दलहरुले बुझाएको विवरणको आधारमा उनीहरुलाई आफ्नै चुनाव चिह्न उपलब्ध गराउने निर्णय गरेको हो।

राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत ६ गतेसम्म समय दिइएको थियो। सो विवरण बुझाएका ७३ दललाई चुनाव चिह्न दिनेबारे बैठकले निर्णय गरेको हो।

राष्ट्रिय दलको मान्यता नपाएका दललाई चुनाव चिह्न उपलब्ध नगराएको भन्दै साना दलहरुले बिरोधका कार्यक्रम गरिरहेका थिए।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780