सम्झनामा किसान आन्दोलनका कमाण्डर कृष्णराज वर्मा

श्यामसुन्दर यादव

श्यामसुन्दर यादव

नेपालको कम्युनिष्ट आन्दोलन र किसान सङ्घर्षबारे चर्चा गरिन्छ भने स्व. कृष्णराज वर्माको नाम अग्रपंक्तिमा आउँछ । नयाँ पींढीका लागि उनको नाम नौलो लाग्न सक्ला तर नेपालको राजनीतिक सङ्घर्षमा भने कद धेरै माथि छ । उनी यस धर्तीबाट गत फागुुन २२ गते सदाका लागि विदा भएका छन् । यद्यपी उनको योगदान नेपाली राजनीतिमा अविस्मरणीय रहने छ ।

सप्तरी जिल्लाको पुरानो सदरमुकाम हनुुमाननगरमा वि.सं. १९८७ साल पुुस २५ गते भएको थियो । उनको बाल्यकाल सप्तकोसी नदीको किनारमा अवस्थित हनुमाननगरमा भएको हो । वि.सं. १९९४ सालतिर कोसी नदीले उक्त बस्ती कटानमा परेपछि हालको राजविराज नगरपालिकामा उनी माता बेदकुमारी बर्मा र पिता तिर्थराज शर्माका साथ बसाई सर्न बाध्य भए । वि.स २००६ सालमा त्रिचन्द्र क्याम्पस पढ्दा पढ्दै उनी राजनितिमा सहभागी भए । बुवाले उनलाई पढाएर ठूलो मान्छे बनाउन चाहन्थे । तर उनमा राजनीतिको नशा सवार भईसकेको थियो । युुवक सङ्गठन मार्फत राजनीतिक चेतनालाई जनतासम्म पुुर्याउन चाहन्थे । त्यतिबेला राजनीतिको कुरा परै जाओस्, जनतालाई सङ्गठित हुने अधिकार पनि थिएन ।

नेता बर्माको काठमाडौंस्थित निवासमा भेटघाटका क्रममा क्रमश वर्मा (बाँया), पंतिकार श्यामसुन्दर यादव (बीचमा), लेखक एवम् राजनीतिक विश्लेषक रामरिझन यादव (दायाँ) ।

उनको विषयमा एउटा यस्तो प्रसङ्ग छ, ओद्राहा कमलपुुरका कैलाश कार्कीको बाजेको घरमा पाहुना बसे उनी । त्यहाँ एउटा बैठक बोलाए । बिहान स्थानीयको भेलामा बर्माले समाज सुुधार र राजनीतिक चेतनाको बारेमा बोले । सोही राती कांग्रेसले राणाहरुको विरोधमा पर्चा छरेका थिए । प्रहरीले उक्त भाषणबारे थाहा पाएर बडा हाकिमकहाँ गएर रिपोर्ट गरे । त्यसपछि बर्मालाई पक्राउ गर्न खटिएका मान्छेले ‘तिमीले बाउलाई रुवाउन खोज्या हो?’ भनी थर्काए । पर्चा छरेको दोष उनीमाथि नै आयो । तत्कालिन बडा हाकिम नरमर्दन थापाले तिम्रो गतिविधि शंकास्पद छ भन्दै थर्काए । उनी नाता पर्ने भएकोले सम्झाई बुुझाई गरेर मास्टरी गरेर बस्न भने ।

उनकै घर अर्थात खरसाल टोलमा पदमोदय स्कूूल थियो । उनी त्यसमा पढाउन थाले । दिनमा विद्यार्थीहरुलाई पढाउने र राती गाउँ टोलमा पुुगेर समाजमा व्याप्त विभेद, असमानता, अन्याय, अत्याचार विरुद्ध चेतना दिनुुका साथै राणा शासन विरुद्ध आवाज उठाउन उत्साहित गर्न थाले । उनका गतिविधिबारे बाआमाले थाहा पाएर पटक पटक हप्काई समेत खानुुपर्यो ।

यता २००७ सालको क्रान्तिको शुरुवात भईसकेको थियो । शान्त भएर बस्न उनको मनले मानेन । बर्माले बुुवाआमाको नाममा चिट्ठी सिरानीमुुनि राखेर तीन बजे राती झोला बोकेर घरबाट बाहिर निस्किए । चिट्ठीमा लेखिएको थियो ‘बुवा म नेपाल आमाको सेवा गर्न जादैछुु, तपाईहरु चिन्ता नलिनुुहोला, उही तपाईको प्यारो छोरा कृष्णराज ।’

सप्तरीको सखडा गोबिन्दपुर निकट भारतीय सिमा क्षेत्र न्यौर क्याम्पमा मुक्तिसेनामा भर्ती भई उनी क्रान्तिमा सहभागी भए । उक्त क्याम्प राममनोहर लोहिया लगायतका सोसलिष्ट नेताहरुले सञ्चालन गर्दैआएका थिए । त्यहाँ राजनीतिसँगै सशस्त्रको प्रशिक्षण समेत हुन्थ्यो । प्रशिक्षणका क्रममा स्व.गजेन्द्रनारायण सिंहसँग पहिलो भेंट क्याम्पमा भयो । उनीहरु बीच क्याम्पमा मत विभाजन भयो । केही सशस्त्र तथा केही शान्तिपूर्ण आन्दोलनको पक्षमा उभिए । बर्मा सशस्त्र क्रान्तिको विपक्षमा उभिए । शान्तिपूर्ण आन्दोलनबाट नै क्रान्ति गर्नुुपर्छ भने अडान बर्माको थियो । उनी त्यहाँ धेरै दिनसम्म टिक्न सकेन । पुुनः राजविराज फिर्ता भए ।

सप्तरीको ग्रामिण भेगका आफ्ना सहकर्मीहरुसँग भेंटघाटका क्रममा बामपन्थी नेता कृष्णराज वर्मा ।

राजविराजमा रहेर सङ्गठन निर्माण गर्ने कामलाई उनले निरन्तरता दिए । वि.सं. २००८ सालमा क्रान्ति पश्चात सर्वप्रथम प्रजा परिषदको सप्तरीको सभापति, त्यस लगत्तै नेपाल कम्युनिष्ट पार्टिको सदस्य र कार्यकारी जिल्ला सचिवको जिम्मेवारी पाए ।

वि.सं. २००८ साल अनिकाल भएको थियो । भोकमरीको अवस्था रहेको बेला सप्तरी स्थित बेलही चपेनाको जमिन्दार विश्वराज जोशीको भकारीबाट त्यहाँको जनतालाई तीन सय मन धान झिकेर वितरण गरि किसान आन्दोलनको शंखघोष गरे । सप्तरी, सिराहा, धनुषा, महोतरी, सर्लाही, उदयुपुुर, सिन्धुली, कमला खोज, त्रियुगाको किसान आन्दोलनमा निरन्तर सहभागी भएर सङ्गठन विस्तारमा लागिरहे ।

२००९ सालमा सम्मेलनबाट जिल्ला सचिव तथा दक्षिण गण्डक प्रदेश समितिको सदस्यमा नियुक्त भए । वि.सं. २०१० सालमा पार्टीको प्रथम महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वााचित भए ।

सप्तरीमा भएको ९ दिने र २३ दिने सत्याग्रह आन्दोलनमा नेतृत्वदायी भूमिका समेत उनले निर्वाह गरे । सत्याग्रह आन्दोलनका क्रममा उनी सहित समर्थकहरुले प्रशासनको चरम यातना खेप्नुुपर्यो । तर उनले हिम्मत हारेनन् । एतिहासिक धर्म भकारी आन्दोलनका क्रममा २० हजार मन धान भूमिपतिहरुसँग सङ्कलन गरि २० गाउँमा २० ओटा धर्म भकारी खडा गरे । उक्त धर्म भकारीबाट किसानहरुलाई खेतीको निम्ति कर्जा दिने व्यवस्था गरेर देशमै बर्मा निक्कै चर्चामा आए ।

वि.सं. २०१३ सालसम्मको किसान आन्दोलनको क्रममा पटक पटक गरी पाँच वर्षसम्म उनलाई जेल भोग्नुुपर्यो । वि.सं. २०१७ सालमा पुस १ गतेको राजाको ‘कुु’ पछि पुनः दुुई बर्षको जेल जीवन बिताउनुुपर्यो ।

वि.सं. २०१३ सालमा दक्षिण गण्डक प्रदेशलाई विभाजित गरी पश्चिम कोशी प्रदेश गठन भएपछि उनी प्रदेशको माढी (सिन्धुली) सम्मेलनबाट प्रदेश सचिवमा निर्वाचित भए । वि.सं. २०१४ सालमा पार्टीको दोस्रो महाधिवेशनबाट पुनः केन्द्रीय समितिमा निर्वाचित भए भने २०१७ साल फागुनमा भएको दरभङ्गा प्लेनरी सेसनबाट पोलिटव्यूरो सचिवको जिम्मेवारी पाए । उनका बाआमाले वि.सं. २०२० सालमा शान्ता वर्मासँग विवाह गरिदिए ।

आफ्नी धर्मपत्नीका साथ बामपन्थी नेता कृष्णराज वर्मा ।

वैवाहिक बन्धनमा बाँधिए पनि उनी राजनीतिक यात्रामा निरन्तर लागिरहे । राजनीतिका क्रममा आईपर्ने जोखिमहरु देखेर उनलाई नलाग्न शान्ताले भन्ने गर्थे तर त्यसको कुनै असर भएन । पछि उनले समेत हरेक कठिन मोडहरुमा बर्मालाई साथ दिन थाले ।

वि.सं. २०४० सालमा पार्टीको पाँचौ महाधिवेशनबाट महासचिवमा निर्वाचित भए । वि.सं. २०४२ सालमा नेपाली काग्रेसको नेतृत्वमा प्रजातन्त्र पुर्नस्थापनाका लागि शुरु भएको सत्याग्रह आन्दोलनमा समेत उनको नेतृत्वदायी भूमिका रह्यो । नेपालको ईतिहासमा पहिलो पटक पाँच छुुट्टा छुुट्टै कम्यूनिष्ट पार्टीहरु पहिलो पटक मोर्चाबन्दी गरी आन्दोलनमा सहभागी भए । मनमोहन अधिकारी, तुलसी लाल अमात्य, कृष्णराज वर्मा र नारायणमान विजुक्छे नेतृत्वको अ.ने.म.कि.पा. र जनमोर्चा समेत पाँच कम्युनिष्ट पार्टीको मोर्चा बनाई सत्याग्रह आन्दोलनमा निःशर्त सहभागी भए । त्यस क्रममा उनलाई पाँच महिनासम्म भद्रगोल जेल यात्रा समेत गर्नुुपर्यो ।

तत्पश्चात निरंकुुश पञ्चायती व्यवस्थालाई सदाका लागि अन्त्य गर्न ती कम्युुनिष्ट पार्टीहरुका साथै माले तथा मानन्धर पार्टी सहितको सात बामको मोर्चा बनाउनमा बर्माले महत्वपूर्ण भूमिका निभाए । ने.क पा. संयुक्त भई पञ्चायतको विघटन गराएर प्रजातन्त्रको पुनःस्थापनामा उनका नेतृत्वदायी भूमिका रह्यो । उनको उक्त भूमिका राजनीतिक आन्दोलनमा महत्वपूर्ण एवम् अविष्मरणीय रहेको छ ।
कुरा २०११ सालको हो । सिरहा (साबिक सप्तरी) कर्जन्हाका जमिन्दार विश्वनाथ साहकोमा धान माग्न गएका थिए गरिब किसानहरु । उक्त समूूहमा वीरध्वज र बहादुर सदा समेत थिए । दोस्रो दिन पनि धान नदिई फिर्ता जान भनियो । प्रहरी र किसानहरु बीच भनाभन भयो । किसान आन्दोलनका अगुवा बहादूर सदा आक्रोशित हुँदै प्रहरीतर्फ झम्टिए । प्रहरीले चलाएको गोली बहादुर सदाको पेटमा लागेर मृत्यु हुन पुुग्यो ।

त्यसपछि आक्रमण हुने डरले प्रहरीको क्याम्प नै खाली भयो । किसानहरुले जमिन्दारको भकारी लुटे भने तमसुुकहरु च्यातेर जलाई दिए । किसान आन्दोलनका योद्धा सदाको शव बुुझ्न किसान आन्दोलनका कमाण्डर कृष्णराज बर्मा नै गएका थिए । किसान आन्दोलनमा ‘रोजी, रोटी, कपडा दो, नही गद्दी छोड दो, खेत कसको जोत्नेको, जसको जोत उसको पोत’ जस्ता नाराहरु हुन्थ्यो ।

किसान आन्दोलन यति चर्चित भयो कि त्यतिबेला बीबीसी रेडियोले समेत किसान आन्दोलनको समाचार बजाएको थियो । नेपालमा दुुईटा सरकारको शासन छ, एउटा राजाको र अर्को किसानको । किसान आन्दोलनको प्रभाव तराई मधेशको भारतीय सीमावर्ती क्षेत्रमा अत्यधिक थियो । उक्त आन्दोलन पहाडका जिल्लाहरुमा समेत निरन्तरता पाउँदै गयो ।

किसान आन्दोलनका क्रममा कैंयौ पटक जमिन्दारसँग खेत जोत्ने विषयलाई लिएर विवाद हुँदा नेता बर्मा भीडन्त गर्न पुुगिहाल्थे । त्यतिबेला प्रायः सामन्त जमिन्दारहरु पञ्चायतको पक्षमा हुन्थे । उनीहरुले साँढे जोतेको, गैरराजनीतिक क्रियाकलाप गरेको, जनता भड्काउने काम गरेको, पर्चा छरेको विषयमा झुुट्ठा मुद्दाहरुमा फँसाउने गर्दथे । गरिब, विपन्न तथा किसानहरुको रक्षक नै थिए नेता बर्मा । उनले आफ्नै जग्गा बेचेर पार्टी र मुुद्दा लड्ने कार्यमा लगाए । यतिमात्र होइन, रसियन कम्युुनिष्ट पार्टीका नेताहरुसँग उनको सम्बन्ध अत्यन्त राम्रो थियो । त्यसक्रममा तराई मधेशका दर्जनौं व्यक्तिहरु उनकै सिफारिसमा छात्रबृतीमा डाक्टर, ईन्जिनियर पढ्ने मौका पाए । जो अहिले पनि उच्च ओहदाहरुमा कार्यरत छन् ।

जीवनको उतराद्र्धमा आईपुुग्दा उनी राजनीतिमा त्यति सक्रिय नदेखिए पनि नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्तित रहँदैआएका थिए । सत्तरी वर्षको उमेरसम्म नै अहोरात्र सक्रिय राजनीतिक जीवन बिताए । तत्पश्चात उनी पछिल्लो दुुई दशकदेखि मुटु रोगबाट पीडित रहँदैआएका थिए । यद्यपी संसारबाट हुुनुु अघि अर्थात ९२औं वर्षको अन्तिम यात्रासम्म राजनीतिक चिन्तन एवम् लेखनमा सक्रिय रहँदैआएका थिए ।

पूूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग बामपन्थी नेता कृष्णराज वर्मा सामुुहिक तस्विरमा ।

उनका राजनीतिक, सामाजिक तथा आर्थिकसँग सम्बन्धित करिब चार दर्जन लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रिकाहरुमा प्रकाशित छन् । वि.सं. २०७२ सालमा नेपालको कम्यूनिष्ट आन्दोलन र क. पुष्पलाल, वि.सं. २०७६ मा मधेश र मधेशी आन्दोलन गरी २ ओटा पुस्तक उनले प्रकाशन गरेका छन् । संसारबाट विदा लिनुुभन्दा केही महिना अघि पंक्तिकारलाई उनले जानकारी गराए अनुुसार कम्यूनिष्ट आन्दोलनका तीन नेता भन्ने पुस्तक प्रकाशोन्मुुख रहेको थियो ।

पूूर्व प्रधानमन्त्री डा. बाबुुराम भट्टराईसँग बामपन्थी नेता कृष्णराज वर्मा सामुुहिक तस्विरमा ।

उनको योगदान पत्रकारिता क्षेत्रमा समेत रहेको छ । वरिष्ठ पत्रकार अनिल कुमार अनलका अनुुसार वि.सं. २०२० सालमा सगरमाथा टाइम्स साप्ताहिक पत्रिका राजविराजबाट प्रकाशन थालेका थिए । पत्रिकाको प्रकाशक तथा सम्पादक समेत उनी आफै थिए । नेपाल प्रिन्टिङ्ग प्रेसबाट नियमित प्रकाशन हुुँदैआएको उक्त पत्रिकालाई तत्कालिन बडा हाकिमले चिट्ठी नै काटेर बन्द गराएका थिए । बर्मा सप्तरी जिल्लाको पहिलो पत्रकार मानिन्छन् । उनले प्रतिवन्धित समयमा रावल, प्रकाश ईत्यादी उपनामबाट विचारहरु समेत लेख्ने गर्दथे ।

तराई मधेशमा सशस्त्र द्वन्दको अवस्था थियो । कुरा २०६५ साल वैशाख १७ गतेको हो । राजविराज नगरपालिका वडा नम्वर ६ खरसाल टोल स्थित निवासमा आराम गरिरहेको अवस्थामा तीन जनाको समूूहमा आएका युुवाहरुले गोली हानेका थिए । डेरा खोज्ने बहानामा आएका उनीहरुले फायर गरेको गोलीको छर्रा गर्दन तथा पेटमा लागेको थियो । लामो सघन उपचार पश्चात निको भए ।

तराई मधेशमा व्याप्त शेरी, सलामी, खडा बटैया, असमान बोनी, तमसुक फाड र भकारी फोड आन्दोलनको नेतृत्व गर्दैआएका वरिष्ठ बामपन्थी नेता उक्त घटना पश्चात अत्यन्त चिन्तित रहँदैआएका थिए । आजिवन कठोर सङ्घर्ष गर्दा पनि निशानामा परेपछि उनका छोराहरुले काठमाण्डौ बोलाए । राजविराजमा रहेको घरजग्गा बेचेर उनी त्यही बस्न थाले । यद्यपी उनी मातृभूमी अर्थात सप्तरीलाई औधी माया गर्थे । फुर्सद निकालेर नेता बर्मा सप्तरी आएर हप्तौंसम्म बस्ने गर्दथे । आफन्तजन एवम् सहकर्मीहरुसँगको भेंटघाटमा औधी रमाउँथे ।

किसान आनदोलनका कमाण्डर बर्माजी पछिल्लो पटक पनि जन्मथलो सप्तरी आउन चाहन्थे । पंक्तिकारसँग गत महिना सम्वाद हुँदा आफुुलाई फोक्सोमा पानी भर्ने समस्या भएकोले सञ्चो भएपछि जनकपुुरबाट सँगै सप्तरी जाने र आफन्त एवम् सहकर्मीहरुसँग भेंटघाट गर्ने ईच्छा व्यक्त गरेका थिए । उनको निधनले बामपन्थी आन्दोलनमा अपूूरणीय क्षती भएको छ । उनले प्रजातन्त्र प्राप्ति र शोषित उत्पीडित जनताका लागि आजिवन गरेको सङ्घर्ष र निष्ठाको राजनीति अनुुकरणीय छ ।

एक समारोहमा बामपन्थी नेता कृष्णराज वर्मा (पूूर्व प्रधानमन्त्री झलनाथ खनालको छेउमा)।

राजनीतिक लाभबाट सदा टाढा रहँदैआएका बर्माको सादगीपूर्ण जीवन र स्वाभिमानीपना हाम्रा लागि प्रेरणादायी छन् । उनका तीन छोरा क्रमशः ई. सञ्जयराज वर्मा, डा. सुजयराज वर्मा र राजेशराज वर्मा तथा चार छोरीहरु डा. शिला वर्मा, सीमा बिम्ब, सुुषमा सापकोटा र सुनिता वर्मा रहेका छन् । बर्माका धर्मपत्नी शान्ता छोराबुुहारीहरुसँगै काठमाण्र्डामा बस्दैआएकी छिन् । राजनीतिक योद्धा एवम् किसान आन्दोलनका कमाण्डर कृष्णराज वर्माप्रति हार्दिक श्रद्धासुमन सहित शतशत नमन ।

-पंतिकार यादव मधेश प्रदेशका आम सञ्चार प्राधिकरणका अध्यक्ष हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस