सप्तरीमा चार लाख १२ हजार मतदाता कायम, कहाँ कति ?

राजविराज । आउँदो वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सप्तरीमा ४ लाख १२ हजारभन्दा बढी मतदाता कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरीमा ४ लाख १२ हजार ४ सय ४५ जना मतदाता कायम भएका छन् ।

जसमा दुई लाख १३ हजार ८ सय ९२ जना पुरुष, एक लाख ९८ हजार ५ सय ३२ जना महिला र २१ जना तेस्रो लिङ्गी रहेको कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सूचनाअनुसार जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा १८ हजार ९ सय ३७ जना, कन्चनरुप नगरपालिकामा ३५ हजार ३ सय ९ जना, खडक नगरपालिकामा ३१ हजार ३६ जना, छिन्नमस्ता गाउँपालिकामा १७ हजार ७ सय ५७ जना, डाक्नेश्वरी नगरपालिकामा २८ हजार ४ सय ३५ जना रहेका छन् ।

त्यस्तै, तिरहुत गाउँपालिकामा १४ हजार ६ सय ५४ जना, तिलाठी कोइलाडीमा गाउँपालिकामा १९ हजार ६ सय ४१ जना, राजगढ गाउँपालिकामा १८ हजार ५ सय ६० जना मतदाता रहेको जनाएको छ ।

त्यस्तै बोदे बरसाईन नगरपालिकामा २७ हजार ६ सय ५५ जना, महदेवा गाउँपालिकामा १६ हजार ८ सय ५० जना, राजविराज नगरपालिकामा ३९ हजार ६ सय ९२ जना, रुपनी गाउँपालिकामा १८ हजार १ सय ६५ जना, बलान बिहुल गाउँपालिकामा १४ हजार ४ सय १८ जना, विष्णुपुर गाउँपालिकामा १५ हजार ६७ जना, शम्भुनाथ नगरपालिकामा २३ हजार ८ सय ६३ जना, सप्तकोशी नगरपालिकामा १५ हजार ४ सय ६१ जना, सुरुंगा नगरपालिकामा २९ हजार ५१० जना र हनुमाननगर कंकालिनी नगरपालिकामा २७ हजार ४ सय ३५ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780