सप्तरीमा टिपरले बोलेरोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच घाइते

राजविराज, १८ चैत । सप्तरीको खडक नगरपालिका–५ रंजितपुरमा टिपरले बोलेरोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग ना ७ ख २६५८ नम्वरको टिपरले पूर्वतर्फ आउँदै गरेको विद्युत कार्यालय बोदे बरसाईन सप्तरीको प्रदेश २–०१–००१ च ०३३४ नम्वरको बोलेरोलाई विहिवार साँझ पछाडीबाट ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरो चालक जिल्लाको बोदे बरसाइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको छ । गम्भीर घाइते भएका यादवलाई उपचारको लागि अस्पतालतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा बोदे बरसाईन नगरपालिका–१० का ३० वर्षीय शैलेश यादव, सोही ठाउँका ३० वर्षीय महेश चौधरी, वडा नम्वर ५ का २६ वर्षीय वृजेश कुमार यादव, ३० वर्षीय जय शंकर साह र सिरहाको लहान नगरपालिका–८ का ३५ वर्षीय अरुण कुमार सिंह घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

टिपर र चालकलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस