प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । प्रहरीले झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिका–३ को ३० बर्षीय अरुण प्रधान र सुनसरीको इटहरी–४ का ४० बर्षीय राजेन्द्र केसि रहेका छन् ।

झापाको मेचीनगर नगरपालिका–६ बाट प्रधानलाई २ ग्राम ब्राउन सुगर र मोरङको विराटनगर महानगरपालिका–१५ बाट केसिलाई ७ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780