गरिबी र बेरोजगारी अन्त्य गर्न कृषिमा आधुनिकीकरण आवश्यकः उपेन्द्र

राजविराज, २० चैत्र । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जमिनलाई चकलाबन्दी गरी कृषिमा आधुनिकीकरण र औद्योगिकीकरण गरिए मात्र देशमा व्याप्त गरिबी र बेरोजगारी अन्त्य हुने बताएका छन् ।

सप्तरीमा आइतबार आयोजित छुट्टा छुट्टै चार ओटा सडक शिलान्यास कार्यक्रमलाई सम्बोधनगर्दै उनले यस्तो बताएका हुन् । आर्थिक समृद्धिका लागि कृषिमा आधुुनिकीकरण हुनुुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भने ‘नयाँ कृषि नीति ल्याएर कृषिमा आधुनिकीकरण र औद्योगिकरण गरिए गरिबी र बेरोजगारी समस्या सदाकालागि समाधानहुनेछ ।’

मधेशको विकासमा अत्यन्त न्यूून लगानी भईरहेको आरोप लगाउँदै जसपा अध्यक्ष यादवले जनसंख्याको आधारमा विकासमा लगानी सन्तुुलित रुपमा हुुनुुपर्ने आवश्यकता औंल्याए । सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका उनले आर्थिक समृद्धि र विकासका लागि शिक्षा, स्वास्थ्य, सडक संरचना र उत्पादन आवश्यक रहेकोले सोही अनुुरुप आफुुहरुले प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताए ।

विकास निर्माणको क्षेत्रमा सप्तरी जिल्ला अत्यन्तै पछाडि रहेको अवस्थामा भारत स्थित निर्मलीको ६ लेनको सडकसँग जोड्न न्यौर, छिन्नमस्ता, राजविराज, रुपनी हुँदै गाईघाटदेखि सोलुखुम्बुुसम्म जोड्ने सडक सञ्जाल निर्माण कार्य भईरहेको चर्चा गरे । जिल्लामा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिंग कलेज, इन्जिनियरिंग कलेज, कृषिविश्व विद्यालयका साथै सडक सञ्जाल विस्तार कार्य भईरहेको बताउँदै उनले भने ‘अबको केही वर्षभित्रै सप्तरी जिल्लाको मुुहार फेरिदैछ, विकासको नमूूना केन्द्र बन्दैछ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुु कुमारी यादवले वर्षौंदेखि अवरुद्ध रहेका निर्माण आयोजनाहरुको निर्माण कार्य अहिले द्रूतगतिमा भईरहेको तथा नयाँ निर्माण कार्यहरु समेत तोकिएकै समयमा सम्पन्न हुने गरी काम भईरहेको बताइन् । सडक निर्माणलाई आफुुले प्राथमिकतामा राखेको जानकारी दिँदै सर्वसाधारणको सहज पहुुँच बढाउन गाउँ गाउँसम्म जोड्ने सडक सञ्जाल विस्तार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको मन्त्री यादवले जानकारी दिईन् ।

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पचास वर्षमा नभएको विकास निर्माण कार्य मधेशमा चार वर्षमा भएको बताए । पहिचानको आधारमा प्रदेशको नामाकरण मात्र नभई देशमै संघीयताको नमूना अभ्यास मधेश प्रदेशमा भईरहेको उनले दावी गरे । प्रदेश सभा सदस्य मनिस सुुमन जसपाका जनप्रतिनिधिहरुले चुुनाव अघि गरेका बाचाहरु पुरा गरेर देखाएको बताउँदै विकास विरोधीहरुको मुुख आफै बन्द भएको बताए ।

कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भुु प्रसाद यादव लगायतका वक्ताहरुले मन्तब्यव्यक्त गरे ।

एकै दिनचार ओटा सडक शिलान्यास

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार सप्तरीको छुुट्टा छुट्टै स्थानमा चार ओटा सडकको शिलान्यास गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मादुई र क्षेत्र नम्बर १ मा दुुई ओटा सडकको शिलान्यास प्रतिनिधि सभा सदस्य समेत रहेका अध्यक्ष यादवले गरेका हुन् । राजविराज नगरपालिका वडा नम्बर–१० स्थित दिघबामा बिहान ८ बजे बिरौल– डुमरी– भरुवा– झल्हीफर्सेठ–सिगियौंन– तिलाठी–चट्टी टोल–लोखरम– लालापट्टी सडकको शिलान्यास गरिएको छ ।

संघीय सरकार र प्रदेश सरकारको समपूरक अनुुदान अन्तर्गत निर्माण हुुने उक्त सडकको शिलान्यास कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुु कुमारी यादव, मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद मनिस कुमार सुुमन लगायतका नेताहरु समेत सहभागी थिए । सडकको कुुल बजेट ५४ करोड ८९ लाख ५६ हजार ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेकोमा रमण जे.एस आइभीकन्सट्रक्सनले उक्त सडक ३१ करोड ३८ लाख ८७हजार १ सय १८ रुपैयाँ ५६ पैसामा निर्माण गर्ने सम्झौता भएको छ ।

यसैगरी महदेवा गाउँपालिका वडा नम्बर–१ पकरीदेखि– सोनरा– तोपा– हुँदै राजविराज वडा नम्बर १५ मुसहरनियाँ हुदै विषहरिया– सकरपुरा हुदै रम्पुरा डलवासम्मको सडक समेत आइतबारै तोपामा शिलान्यास गरिएको छ । सडकको कुुल बजेट कर ५४ करोड १७ लाख ६३ हजार ७ सय ५१ रुपैयाँ रहेको मारमण जे.एस आइभी कन्सट्रक्सनले ३१ करोड २४ लाख ८ हजार ३ सय २४ रुपैयाँ २८ पैसामा निर्माण गर्ने जिम्मा पाएको छ ।

यस्तै संघीय सरकारको रणनितीक सडक अन्तर्गत भारदहमा कुुल बजेट २५ करोडको लागतमा सप्तरीको भारदह–डाढा, पकरी सडकको शिलान्यास समेत गरिएको छ । राजविराजदेखि भारदहसम्म दुुई लेनको रुपमा विकास गरिने कार्यको समेत शिलान्यास गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस