स्थानीय निर्वाचनः सत्ता गठबन्धनले मधेशमा तालमेल गर्न थाल्यो तयारी

जनकपुरधाम । सत्ता गठबन्धनले मधेस प्रदेशका स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारी सुरु गरेको छ ।

निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने सन्दर्भमा प्रदेश सत्ता गठबन्धनआवद्ध पार्टीका प्रदेश अध्यक्षहरुको संयुक्त बैठक आइतबार जनकपुरधाममा आयोजना गरिएको थियो ।

बैठकले प्रदेशका सबै स्थानीय तहको समीक्षा गर्ने निर्णय भएको जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले जानकारी दिए । ‘प्रदेशका ८ वटै जिल्लामा गठबन्धन दलको बैठक बसेर प्रत्येक पालिकाको अवस्थाको बारेमा समीक्षा गरेर प्रतिवेदन पेश गर्न पत्राचार गरिएको छ’, उनले भने–‘जिल्ला स्तरीयको समीक्षापछि मंगलबार (२२ गते)सम्म प्रतिवेदन बुझाउन भनिएको छ ।’
प्रतिवेदन आइसकेपछि थप छलफल कार्य अगाडि बढाउने उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस