मुख्यमन्त्री राउतद्वारा रामनवमी पर्वको शुभकामना

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘रामनवमी’ पर्वको अवसरमा सम्पूर्ण प्रदेशवासीमा शुभकामना दिएका छन् ।

उनले आइतवार शुभकामना मनतव्य जारी गर्दै सम्पूर्ण हिन्दु धर्मावलम्बी एवम् प्रदेशवासीमा शुभकामना दिएका हुन् ।

‘हिन्दु धर्मावलम्बीहरुको अराध्य मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव (रामनवमी)को अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बी एवं प्रदेशवासीहरुमा हार्दिक मंगलयमय शुभकामना व्यक्त गर्दछु ।’, शुभकामना संदेशमा छ ।

Author:

क्याटोगरी छान्‍नुहोस