सरकारका गतिविधिमा हस्तक्षेप नगरे नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन

जनकपुरधाम । नेकपा एमालेले सरकारको व्यवाहार र नीतिले नेपाललाई आर्थिक रुपमा श्रीलंकाको बाटोमा धकेलेको आरोप लगाएको छ । वर्तमान अर्थतन्त्रको अवस्थाका विषयमा नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले गलत नीति लिएका कारण देशको अर्थतन्त्र धरापमा धकेलिएको बताए ।

“विगत सरकार अर्थात नेकापा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले स्वस्थ र सुदृढ अर्थतन्त्र छाडेर गएको थियो,” पौडेलले पत्रकार सम्मेलनमा भने, “यो सरकार आएपछि जस्ता निर्णय र व्यवहार गरिरहेको छ, त्यसले अर्थतन्त्रलाई जोखिममा धकेलेको निष्कर्ष अर्थविदहरुले निकालेका छन् ।”

एमालेले सरकारको नेतृत्त्व गर्दा मूल्यबृद्धि नियन्त्रणमा रहेको, विदेशी मुद्रा संचिती १४ करोड डलर रहेको र अर्थतन्त्र सवल अवस्थामा रहेको पनि दाबी गरेका छन् ।

“यदि हामीले सार्थक हस्ताक्षेप गरेनौं भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न सक्ने छैन,” पौडेलले भने, “प्रधानमन्त्री र मन्त्रीहरुले श्रीलंकाको अवस्थामा जान दिने छैन भनेर भाषण गर्दैमा त्यो अवस्था रोकिँदैन ।”

Author:



क्याटोगरी छान्‍नुहोस