वीरगंजबाट स्रोत नखुलेको ९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सामा स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार बेतिया ग्रामपञ्चायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय राम रहेका छन् ।

बुधवार साँझ उनलाई वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रोत नखुलेको नगद फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस