बोदे बरसाइनमा स्कारपिओले ठक्कर दिँदा एकको मृत्यु

राजविराज । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको बोदे बरसाइन नगरपालिका–५ जाँजरस्थित स्कारपिओले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वतर्फ आउँदै गरेको प्र.२–०१–००१ च ००२२ नम्वरको स्कारपिओले शनिवार राति सोही ठाउँका ६० वर्षीय सुवेदार मियाँलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई उपचारको लागि अस्पताल पठाइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस