कक्षा १२ को परीक्षा आजबाट सुरु

जनकपुरधाम । यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सुरु भएको हो ।

जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करिब ४ लाख १५ हजार परीक्षार्थी सहभागी रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार सबै परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइएको छ ।

परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था गरिएको छ । विगत २ वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर)मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो । परीक्षा विहान ११ बजेसम्म सञ्चालन हुनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस