मधेश सरकारको बजेट अधिवेशन बिहिबारबाट सुरु हुँदै

student

जनकपुरधाम। मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आउँदो शनिवार (जेठ १२ गते) प्रस्तुत हुने भएको छ । प्रदेशसभाको नवौं अधिवेशन भोली (विहिवार) दिउँसो १ बजेको लागि आह्वान गरिएको छ ।

शनिबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए । उनका अनुसार शनिवार बस्ने प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

विगतका पुरना लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस