पत्रकार मुरलीप्रसादलाई मातृशोक

राजविराज, १८ जेठ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष एवम् प्रेस काउन्सिल नेपालका पूर्व सदस्य मुरलीप्रसाद यादवलाई मातृशोक परेको छ ।

राजविराज नगरपालिका–१६ बोरिया निवासी यादवकी आमा भुटनीदेवी यादवको ८५ वर्षको उमेरमा निधन भएको हो । भुटनीदेवीको बुधवार आफ्नै निवासीमा निधन भएको हो ।

भुटनीदेवीको एक छोरा मुरलीप्रसाद र एक छोरी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस