पहिरोले पुरिएर दुई जनाको मृत्यु

संखुवासभा, १८ जेठ । चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर बुधवार दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने विहान ११ बजेतिर अचानक पहिरो झरेको हो ।

पहिरोमा पुरिदा सडक निर्माण कार्यमा खटिएका सुनसरीको धरानका ३५ बर्षीय राम कुमार राई र उदयपुरका २० बर्षीय हेम बहादुर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले पहिरोमा पुरिएका दुबै जनाको उद्धार गरी शव परिक्षणको लागि जिल्ला अस्पताल खाँदवारी पठाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस