भद्रपुरको लागि उडेको बुद्ध एयरको विमान पुनः काठमाडौं फर्कियो

काठमाडौं। काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान झापाको भद्रपुर नपुगी पुनः काठमाडौंमै फकिएको छ । काठमाडौँबाट ६९ यात्रु लिएर उडान नम्वर ९५३ विमान आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको हो ।

जहाजको टायरमा केही समस्या देखिएपछि उडान भरेको केही समयमै पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएको बुद्ध एयरका प्रवक्ता दीपन्द्र कर्णले जानकारी दिए ।

उनका अनुसार जहाजमा प्राविधिक समस्या देखिएका कारण भद्रपुर उडेको ९५३ उडान नम्बरको जहाजलाई तत्कालै फिर्ता बोलाएर काठमाडौंमा सुरक्षित अवतरण गराइएको हो। अहिले प्राविधिक टोलीले जहाजको निरीक्षण गरिरहेको उनले बताए ।

सो विमानमा समस्या आएपछि बुद्ध एयरकै अर्को विमानबाट सबै यात्रुलाई पठाइएको कर्णले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस