सप्तकोशी नदीमा एक व्यक्तिले हाम फालेपछि…

राजविराज, १९ जेठ । सप्तकोशी नदीमा बुधवार साँझ हाम फालेका व्यक्तिलाई उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले नदीमा हाम फोलेका झापाको कमल गाउँपालिका–५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बुलाई उद्धार गरेका हुन् ।

लिम्बुले हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बुधबार साँझ नै हाम फालेका थिए । बेलुकी साँझ सवा ७ बजेतिर लिम्बुलाई स्थानीयको सहयोगमा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस