जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २४ जना घाइते

जनकपुरधाम, २२ जेठ । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा खसेर यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान सवा ४ बजेतिर रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका ९ जना मृतकमध्ये चार जनाको पहिचान खुल्न सकेको छ । मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल, बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल र रौतहट जिल्लाका २० वर्षीय दिनेश दास छन् ।

त्यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनाका घाइतेहरुको युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भिरु र ८ जनाको अवस्था भने मध्यम रहेको बताइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780