दलित जागरणद्वारा निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

सप्तरी । राष्ट्रिय दलित मुक्ति जागरण अभियानले जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस भव्यताकासाथ मनाएका छन् । सप्तरीको खडक नगरपालिका–७ मा रहेको रजैयाधाँती सामुदायिक भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वक्ताहरुले लामो समयदेखि परम्परागत रुपमा जडा गाडिएर रहेको जातीय विभेद तथा छुवाछूत व्यवस्थाको अन्त्य गर्न सरकारले जतिसुकै कानुन बनाएपनि समाजिक व्यवहारमा कुनै पनि परिवर्तन नभएको बताएका छन् । सरकारले जातीय विभेद तथा छुवाछूत मुक्त राष्ट्र घोषणा गरेपनि जातकै कारण दैनिक जसो घटनाहरु घटिरहेको कार्यक्रमका प्रमुख अतिथि जागरण अभियानका केन्द्रीय संयोजक राजेश विद्रोहीले बताए ।

यस्तै कार्यक्रमका अध्यक्ष गंगा सदाले जातीय विभेद तथा छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १७ वर्ष पुगी सक्दा पनि नेपाली समाजमा परिवर्तनको कुनै प्रभाव नपरेको बताए । कार्यक्रममा स्थानीय तह निर्वाचनमा निर्वाचित १७ जना दलित जनप्रतिनिधिहरुलाई जागरण अभियानले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।

कार्यक्रममा अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले आफ्नो चुनावी समिक्षा मन्तव्य सहित निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस