सहिदको सालिक तोडफोड विरुद्ध र हरिजनलाई न्यायको लागि विरोध प्रदर्शन

सप्तरी । राष्ट्रिय दलित मुक्त जागरण अभियानले नेपालगन्जस्थित २०६२/०६३ का लोकतान्त्रिक सहिद सेतु बिकको सालिक तोडफोड र रोल्पा कारागारमा मृत्यु भएका सुन्दर हरिजनको घटनालाई छानबिन गरी दोषीलाई हदैसम्मको कार्वाहीको माग गर्दै विरोध सभाको आयोजना गरेको छ ।

मधेस प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिकाको कल्याणपुर बजारमा विरोध सभा आयोजनना गरिएको हो । सयौंको संख्यामा रहेका जागरण अभियानका अभियनताहरुले बजार परिक्रमा गरी कल्याणपुर चौकमा कोणसभा गरेका हुन् ।

सभामा जागरण अभियानका केन्द्रीय संयोजक राजेश विद्रोही, जिल्ला संयोजक प्रथमलाल राम, खडक नपा संयोजक गंगा सदा, सचिव चन्द्रनारायण राम, मधेस प्रदेश कोडिनेटर बद्री सदा, यसोद्धा गदाल, जितेन्द्र विश्वकर्मा लगायतले दुबै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कार्वाहीको माग गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय संयोजक विद्रोहीले राजावादी र जातीवादी मण्डललेहरुले स्व. राजा विरेन्द्रको सालिक राख्ने क्रममा प्रहरीसँग भएको झडपको विषयको आक्रोशमा दलित महिला सालिक तोडफोड गर्नु निन्दनीय र विभेदकारी चरित्रको प्रदर्शन गरेको बताए ।

उनले अर्को विषयमा बोल्दै सुन्दर हरिजनको घटना पनि जात व्यवस्थाकै कारण अनाहकमा अन्य दोषीको मुद्दामा थुनामा राखेर निर्मम यातना दिएर हत्या गरेको बताए । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कार्वाही र पीडित परिवारलाई न्याय दिन बदमासी भएको उनले गुनासो गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस