यस्तो छ मधेस प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रमको पूर्णपाठ

जनकपुरधाम, २२ जेठ । मधेस प्रदेश सरकारले प्रदेशमा लगानी प्रवद्र्धन गर्नको लागि लगानी प्रक्रियालाई सरलीकरण, सहजीकरण र नियमन गर्न ‘प्रादेशिक लगानी सेवा केन्द्र’ गठन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा सरकारले सो गठन गर्ने कुरा समेटेको हो ।

त्यस्तै, ‘सिंचाइ मे लगानी किसान के खुशहाली’ नारालाई सार्थक बनाउन सतह सिंचाइ तथा भूमिगत सिंचाइ प्रणालीलाई सघटनताका साथ अघि बढाउने,‘समृद्धिका लागि वन कार्यक्रम’ कार्यान्वयनमा ल्याउने, ‘जहाँ बाटो त्यहाँ रुख, जसले ल्याउँछ परमसख’ नारालाई चरितार्थ गर्न स्थानीय तहको समन्वय र सहकार्यमा सडक किनारमा विरुवा रोपी हरिया प्रवद्र्धन गर्नुको साथै ग्रमिण तथा शहरी वन विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै चुरे बचाउन ‘चुरे जोगाउ, मधेस बचाउ’ अभियान र यसका जिल्ला सदरमुकामहरुलाई ‘हरित शहर स्वच्छ शहर’को रुपमा विकसित गर्न सघटन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

NITI-KARYAKRAM-2079
Author:



क्याटोगरी छान्‍नुहोस