सप्तरीमा लागु औषधसहित तीन जना पक्राउ

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ बाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनीका २६ वर्षीय प्रकाश यादव र २० वर्षीय तुलसीकुमार दास तथा सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का १९ वर्षीय दीपेशकुमार यादव रहेका छन् ।

बीआर ३२ एएल ४३५८ नम्वरको भारतीय नम्वर प्लेटको मोटरसाइकलमा सवार भएर गइरहेका उनीहरुमाथि शंका लागेर चेकजाँच गरिएको थियो । सोही क्रममा उनीहरूको साथबाट निट्राभेट ट्याबलेट ५ सय १० पिस, डाइजेलव इन्जेक्सन १ सय एम्पुल, पेनेरागन इन्जेक्सन १ सय एम्पुल तथा बुफ्रेन नोर्फिन १ सय एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ परेका तीनै जनामाथि सोमवार लागु औषध मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराइ आवश्यक अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस