लहान लगायत ९ स्थानमा कुनै बेला इन्टरनेट सेवा बन्द हुनसक्ने

जनकपुरधाम। इन्टरनेट सेवा प्रदायक संघले लहान लगायत ९ स्थानमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको छ । संघ सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ब्याकअप सिस्टमले गर्दा मात्रै सो स्थानहरुमा इन्टरनेट चलिरहेको अवस्था हो ।’

संघले नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशातर्फ गैरकानुनी ढंगबाट इन्टरनेट प्वाइन्ट, डाटा सेन्टर, पिओपी र दुरसञ्चार उपकरण चलिरहेका ठाउँमा विद्युत लाइन काट्ने कार्य गरेकोले उक्त समस्या आएको जनाएको छ ।

प्राधिकरणले लाइट काटेका स्थानहरुमा व्याकअप सिस्टमको प्रयोगबाट इन्टरनेट चलाउँदै आएको बताउँदै संघले ब्याकअपले धान्न छाडेमा ती स्थानमा कुनै पनि बेलामा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने जनाएको छ । संघले प्राधिकरणका कारण यो अवस्था आएकोमा ग्राहक वर्गसँग दुःख समेत व्यक्त गरेको छ ।

संघका अनुसार इलाम, विराटनगर, खोटाङ, गाइघाट, इनरुवा, धरान, धुहवी, लहान र डोटीको इन्टरनेट सेवा कुनै पनि बेला बन्द हुनसक्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस