सप्तरीमा सडक दुर्घटना हुँदा नेता चौधरीको निधन

राजविराज, २४ जेठ। सप्तरीमा सडक दुर्घटनामा परेर सोमवार साँझ नेकपा (एकिकृत समाजवादी)पार्टीका एक नेताको निधन भएको छ ।

पूर्व पश्चिम राजमार्ग जिल्लाको खडक नगरपालिका–५ खरचुहियामा ६८ वर्षीय नेता रामनारायण चौधरी सवार स १० प ४६११ नम्बरको स्कुटरलाई ना ६ ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएपछि दुर्घटनामा भएको हो ।

दुर्घटनामा चौधरीको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

ठक्कर दिने ट्रकका चालक र ट्रक नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको उनले बताए । पार्टीको जिल्ला कमिटी सदस्य समेत रहेका मृतक चौधरी स्थानीय तहको निर्वाचनमा सुरुङ्गा नगरपालिकाको मेयर पदका प्रत्यासी थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस