लौनियाँवासीलाई १ हजार ५ सय बोट बिरुवा वितरण

राजविराज, २७ जेठ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाँवासीलाई १ हजार ५ सय बोट विरुवा वितरण गरिएको छ ।

जिल्ला वन कार्यालय सप्तरीको सहयोग र गाउँपालिका तथा वडा नम्बर २ कार्यालयको सहकार्यमा बुधबार र विहिबार सो बोट बिरुवा वितरण गरिएको हो । पहिलो चरणमा साविकको वडा नम्बर ६, ७, ८ र ९ का बासिन्दालाई आँप, कागती, लिच्ची, सपेती र महगनीको बोट विरुवा वितरण गरिएको वडाध्यक्ष कमलकुमार मण्डलले जानकारी दिए ।

बाँकीलाई पनि बोट बिरुवा उपलब्ध गराउन वन कार्यालयसँग समन्वय भइरहेको उनले बताए । उनले वन कार्यालयका साथै बोट बिरुवा वितरण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण कर्मचारी तथा युवाहरूलाई धन्यवाद समेत दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस