समृद्धि र विकासका लागि काँधमा काँध मिलाएर अघि बढन प्रतिबद्ध छौंः मुख्यमन्त्री राउत

बर्दिवास, २७ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासको लागि तीनै तहका सरकार बीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेश प्रदेशले महोत्तरीमा आयोजना गरेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुको लागि अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तह विच समन्वय र सहकार्य आवश्यक छ’ उनले भने–‘मधेशलाई समृद्ध बनाउन गरिने विकास निर्माणको कार्यहरु स्थानीय तह मातहतकै गाँउ ठाउँमा गर्नु पर्दछ, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले गर्ने विकास निर्माण त्यही ठाँउमा गर्नु पर्ने हुन्छ । तसर्थ तीनै तहको समन्वय र सहकार्य विना समृद्धि र विकास सम्भव छैन ।’

मुख्यमन्त्री राउतले स्थानीय सरकारहरुले ल्याउने विकास निर्माणको योजनाहरुमा काँधमा काँध मिलाएर अघि बढन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सरकार संचालन तथा विकास निर्माणसँग सम्बन्धित विषयमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरुलाई कानून प्रक्रियाहरुबारे अवगत हुन आग्रह समेत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस