‘डुवानको समस्याले तराईका जनताको निन्द्रा खराव हुन लाग्यो, छिटोभन्दा छिटो पहल होस्’

काठमाडौं, २७ जेठ । प्रतिनिधिसभा सदस्य चाँदतारा कुमारीले वर्षा सुरु भएसँगै तराईका जनताको निन्द्रा खराव हुन लागेकाले सोतर्फ छिटोभन्दा छिटो पहल हुनुपर्ने माग गरेकी छिन् ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘वर्षासँगै अब बाढी आउन लाग्यो र तराईका जनताहरुको निन्द्र खराव लागेको छ’ उनले भनिन्–‘उनीहरु अहिले राम्रोसँग सुत्दैनन्, किन भन्दा खेरी बोर्डरमा जुन बाँध बनाएको छ भारतीय पक्षले त्यो बाँधले सधैं तराई क्षेत्र डुवानमा परेको छ ।’

डुवान हुन नदिका लागि दुई पक्ष (नेपाल–भारत) बीच सम्झौता गरेर छिटोभन्दा छिटो पहल हुनुपर्ने माग गरेकी हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस