१२ वर्ष माथिका बालबालिकालाई आजबाट बुस्टर डोज लगाइने

काठमाडौं, २७ जेठ । कोरोना भाइरस विरुद्ध दुई मात्रा खोप लगाइसकेका १२ वर्षमाथिका बालबालिकालाई शुक्रबारदेखि बुस्टर डोज लगाइने छ ।

सरकारले १२ देखि १७ वर्षसम्मका उमेर समूहका बालकालिकालाई पहिलो र दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो ।

बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप लगाइने छ । बुस्टर डोज लगाउन दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्ने जनाएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिने तयारी गरिरहेको छ । देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस