महोत्तरी जिल्ला समन्वय समिति गठनमा जसपा–कांग्रेसको तालमेल

महोत्तरी । महोत्तरीमा स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति निर्वाचनको रस्साकस्सी सुरु भएको छ ।

जिल्ला समन्वय समिति गठनका लागि स्थानीय तहमा बहुमत ल्याएका दलहरू कसरी बहुमत ल्याउने भन्ने अभ्यासमा जुटेका छन् । महोत्तरीमा कुनै दलको एकल बहुमत पुग्ने अवस्था छैन । जिल्लामा १५ वटा पालिका प्रमुख/अध्यक्ष र उपप्रमुखरउपाध्यक्षको गरी ३० जना मतदाता छन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षबाहेकका मतदाता हुँदैनन् । निर्वाचित जनप्रतिनिधिहरूको अंकगणितको आधारमा जनता समाजवादी पार्टी (जसपा) जिल्लामा सबैभन्दा ठूलो दल हो ।

जसपाका पाँच जना प्रमुख र छ जना उपप्रमुख छन् । त्यस्तै, दोस्रो दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पाँच जना प्रमुख र तीन जना उपप्रमुख छन् ।

नेपाली कांग्रेसले दुई प्रमुख, चार उपप्रमुख, नेकपा एमालेले एक प्रमुख, एक उपप्रमुख, तराई मधेस लोकताीन्त्रक पार्टी (तमलोपा)ले एक प्रमुख जित्दा एक जना स्वतन्त्र प्रमुख र एक जना उपप्रमुख रहेका छन् ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले जिल्ला समन्वय समिति गठनमा पनि तालमेल गर्ने निर्णय गरेका छन् । सोहीअनुसार दलहरूबीच गठबन्धनको चर्चाले अहिले महोत्तरीको राजनीतिक माहोल तातेको छ ।

समन्वय समिति प्रमुख र उपप्रमुखसहित नौं सदस्यीय हुन्छ । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस