राजविराजमा वडाअध्यक्षकै मोटरसाइकल गायब !

राजविराज, २६ जेठ । सप्तरी सदरमुकाम राजविराजमा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ । पछिल्लो पटक बुधवार दिउँसै राजविराज नगरपालिका–७ का वडा अध्यक्ष सुभाषचन्द्र यादवको स ५ प ४३५६ नम्वरको मोटरसाइकल चोरी भएको छ ।

वडा कार्यालय अगाडीमा पार्किङ गरेर राखिएको अवस्थामा मोटरसाइकल चोरी भएको वडा अध्यक्ष यादवले बताए । ‘बजारमै रहेको कार्यालय अगाडी पार्किङ गरेर कार्यालयभित्र नियमित कामकाज सकाएर पौने ५ बजेतिर निस्किदा मोटरसाइकल थिएन’ उनले भने–‘मोटरसाइकल चोरी भइसकेपछि प्रहरीमा पनि निवेदन दिएको छु । अहिलेसम्म मोटरसाइकलको अतोपत्तो पाएको छैन ।’

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले मोटरसाइकल खोजी कार्य जारी रहेको बताए ।

यसअघि सोही ठाउँबाट शहरी स्वास्थ्य क्लिनिकका इन्चार्ज संतोश दासको मोटरसाइकल चोरी भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस