जिल्ला बारका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण

राजविराज, २६ जेठ । सप्तरी जिल्ला अदालत बार इकाई राजविराजका नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण एवम् पदभार गरेका छन् । विहिवार राजविराजमा आयोजना गरिएको समारोहका बीच उनीहरुले शपथ ग्रहण एवम् पदभार गरेका हुन् ।

जिल्ला अदालत बार इकाईका निर्वमान अध्यक्ष डोमन साहको अध्यक्षता तथा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा समारोहको आयोजना गरिएको हो । समारोहमा निर्वाचन समिति संयोजक कृपानारायण यादवले नवनिर्वाचित अध्यक्ष रामप्रसाद चौधरी, उपाध्यक्ष, कोषाध्यक्ष लगायतका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

समारोहमा मुख्य न्यायाधीस भण्डारीले बार र बेन्चको सम्बन्ध नङ र मासु जस्तो रहेकोले एक अर्काको सहयोग र सम्बन्ध राम्रो हुनुपर्ने बताएका छन । त्यस्तै इकाईका निर्वमान अध्यक्ष डोमन साहले नव निर्वाचित अध्यक्ष चौधरीलाई अध्यक्षको जिम्मेवारी दिँदै सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा अधिवक्ता मिना देव, प्रमुख जिल्ला अधिकारी जनार्दन गोतम, लेखा परिक्षण अध्यक्ष श्रीप्रसाद यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै, मानव अधिकारीकर्मी मनोहर पोखरेल, अधिवक्ताहरु उपेन्द्र नारायण यादव, ममता चौधरी, राजनारायण यादव, किरण साह, मनु खनाल, केशव दास, रामकुमार यादव लगायतकाले पनि आ–आफ्नो बिचार व्यक्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस