सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

राजविराज, २६ जेठ । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा विहिवार दिउँसो दुई जनाको मृत्यु भएको छ ।

गाई वस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेको हो ।

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवै जनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदे बरसाइनका प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेश पालले जानकारी दिए ।

घटनास्थलतर्फ प्रहरी खटाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस