रहिनन् पूर्व मन्त्री मिथिला चौधरी

राजविराज, २८ जेठ । पूर्व जनसंख्या तथा वातावरण मन्त्री एवम् संविधान सभा सदस्य मिथिला चौधरीको निधन भएको छ ।

भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा उनको शुक्रवार राति निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ । केही समयदेखि क्यान्सरबाट पीडित रहेकी पूर्व मन्त्री चौधरीको ५७ वर्षको उमेरमा निधन भएको हो ।

२०७४ साउन ११ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा सप्तरीको राजविराज नगरपालिका–५ निवासी चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् ।

त्यसबेला उनी नेकपा (संयुक्त) को सांसद रहेकी थिइन् । मृतक चौधरीका श्रीमान, एक छोरा र दुई छोरी छन् ।

यसैबीच, नेपाल फोटो पत्रकार महासंघ शाखा सप्तरीले गहिरो शोक व्यक्त गरेको छ । महासंघका सचिव विद्यानन्द रामले शनिवार विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य पत्रकार रक्षा चौधरीकी ममतामयी आमा नेपाल सरकारका पूर्व जनसंख्या तथा वातावरण मन्त्री एवम् संविधान सभा सदस्य राजविराज नपा–५ निवासी मिथिला चौधरी ज्यूको असामयिक निधन भएको यस शोकपूर्ण घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस