महोत्तरीमा बोलेरोले टेम्पोलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते

महोत्तरी, ३१ जेठ । महोत्तरीमा बोलेरोले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बर्दिबास नगरपालिका–३ मा गए राति दुर्घटना भएको हो ।

दुर्घटनामा बर्दिबास–३ कै २६ वर्षीया कुन्ता ढुङ्गेलको मृत्यु भएको छ । घाइते ढुङ्गेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

त्यस्तै दुर्घटनामा टेम्पो चालक बर्दिबास नपा–३ का ४५ वर्षीय ओमबहादुर लुङ्गेली, सोही ठाउँ बस्ने ४२ वर्षीय यादवकुमार ढुङ्गेल, २९ वर्षीया पवित्रा आचार्य, आठ वर्षीया करिष्मा ढुङ्गेल, सिन्धुली जिल्ला दुधौली नपा–२ का ३५ वर्षीय पुरुषोत्तम चालिसे र ३९ वर्षीया पवित्रा चालिसे घाइते भएका छन् ।

ज १ ह ३५०१ नम्बरको टेम्पोलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको बोलेरो पिकअपको ठक्करबाट घाइते भएकाहरुहरुको उपचार बर्दिबासस्थित जनसेवा अस्पतालमा भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस