छात्रालाई कम्प्युटर उपलब्ध गराउन ७७ करोड ४० लाख रुपैयाँ विनियोजन

जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी वर्षमा सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययरत छात्राहरुलाई १–१ थान कम्प्युटर वा ट्यापटप उपलब्ध गराउने भएको छ ।

बुधवार मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष ०७९।०८० को बजेट प्रस्तुत गर्दै सोको लागि ७७ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन् ।

उनले सामुदायिक विद्यालयहरुमा कक्षा–१२ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्याउन १–१ थान कम्प्युटर वा ट्यापटप उपलब्ध गराउन सो रकम विनियोजन गरिएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस