जीवछको अध्यक्षतामा भूपु मधेसी कर्मचारी मञ्च गठन

राजविराज, १ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा भूत पूर्व (भूपु) मधेसी कर्मचारी मञ्च गठन भएको छ । रेन्जर जीवछ मण्डलको अध्यक्षतामा बुधवार मञ्च गठन भएको हो ।

गठित मञ्चको उपाध्यक्षमा देवानन्द मण्डल, सचिवमा बालकेश्वर मण्डल, कोषाध्यक्षमा श्यामकुमार मण्डल छन् भने सदस्यहरुमा अरविन्द मण्डल, रामकुमार मण्डल र चन्द्रदेव मण्डल रहेको जनाएको छ ।

यसअघि नेपाल मधेसी निजामती कर्मचारी मञ्चका संस्थापक राष्ट्रिय अध्यक्ष बिनोद कुमार सिंहको प्रमुख अतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा नेपाल मधेसी निजामती कर्मचारी मञ्च सप्तरी एवम् निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा लगायतको उपस्थिती थियो ।

मञ्चले भूपु कर्मचारीहरुको हकहित संरक्षणमा कार्य गर्ने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस