मधेश प्रदेश सरकारले ल्यायो ४६ अर्ब ८८ करोड ९ लाखकाे बजेट (पूर्णपाठ)

जनकपुरधाम। मधेस प्रदेश सरकारले ४६ अर्ब ८८ कराेड बढी रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार बसेको प्रदेशसभा बैठकमा ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

जसअनुसार चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैया अर्थात विनियोजन बजेटको ४६ दशमलव ४४ प्रतिशत छुट्याएको छ ।

त्यस्तै, पूँजिगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३ दशमलव २१ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार २ सय अर्थात ० दशमलव ३५ प्रतिशत बजेट छुट्याएको अर्थमन्त्री साहले जानकारी दिए।

बजेट व्यवस्थापनको स्रोत सुनिश्चिता तर्फ प्रदेशले आन्तरिक राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार रुपैयाँ संकलन गर्ने र विभिन्न कोषबाट ३८ करोड रुपैयाँ, संघीय सरकारको राजस्व बाँडफाँड ११ करोड ६१ लाख ९८ हजार रुपैयाँ, समानीकरण अनुदानमार्फत ७ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ, चालु आर्थिक वर्षको बजेटबाट बचत हुने ९ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको जनाएको छ ।

समपूरक अनुदानबाट ७८ करोड रुपैयाँ, विशेष अनुदानबाट ४९ करोड रुपैयाँ, सशर्त अनुदानबाट १० करोड ०६ लाख ९१ हजार रुपैयाँ र युनिसेफबाट प्राप्त गरिने अनुदानबाट ४ करोड ३५ लाख ४७ हजार रूपैयाँबाट गरी कुल ४५ अर्ब ४ करोड ९३ लाख २८ हजार रुपैयाँ व्यवस्थापन गरिने र सोबाट अपुग हुने १ अर्ब ८२ करोड १० लाख १८ हजार २०० रुपैयाँ आन्तरिक ऋण परिचालन गरिने जनाएको छ ।आगामी-बक्तव्य-बजेट

Author:



क्याटोगरी छान्‍नुहोस