पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल १ लिटरको १९९ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । नेपाल आयल निगमले एकै पटक प्रति लिटर २१ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुर्याएको हो ।

यो मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै आयल निगमले डिजल र मट्टितेलमा २७ रुपैयाँले मूल्य बढाएको छ । अब डिजल र मट्टितेलको मूल्य १९२ रुपैयाँ प्रतिलिटर हुने भएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमले भने मासिक रुपमा अझै ४ अर्ब ७० करोड घाटा रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस