अदालत परिसरबाटै फरार भएका सप्तरी निवासी ठाकुर पक्राउ

काठमाडौँ । जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका घर भई हाल काठमाडौंको तिलगङ्गा बस्ने अनिल ठाकुरलाई गए राति पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि ठाकुरलाई अदालतमा लगिएको थियो । अदालत परिसरबाटै फरार भएका ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको उनले जानकारी दिए ।

ठाकुर फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो । सोही क्रममा जिल्ला प्रहरी परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस