मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर, ६ असार । मोरङमा सोमवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बेलबारी नगरपालिका–११ मा को २० प ७७५२ नम्बरको मोटरसाइकल साइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही नगरपालिका–१० का ३१ वर्षीय कुसुमलाल धिमाल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका कुसुमलाललाई उपचारको लागि विराटनगर स्थित नोबेल अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल पछाडि सवार मोरङकै पथरीशनिश्चरे नगरपालिका–६ का २८ वर्षीय रमेश धिमालको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस