पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई यसबारे जवाफ दिन निर्देशन दिएका हुन् ।

सभामुख सापकोटाले सरकारलाई निर्देशन दिए, ‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि) मा मेरो पनि ध्यानाकर्षण भएको छ । सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु । यस विषयमा सरकारलाई सत्य तथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस