सप्तरीमा महिला र बालक गरी दुईको मृत्यु

राजविराज, ६ असार । सप्तरीमा करेन्ट लागेर सोमवार एक महिलाको मृत्यु भएको छ । पानी धारामा मोटर चलाएर लुगा धुने क्रममा राजविराज नगरपालिका–९ विहारपुरकी ३० वर्षीया रुमी खातुनको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई उपचारार्थ गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो । सोही क्रममा उनको दिउँसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

त्यस्तै, जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–६ मधेपुरामा आइतवार जमेको पानीको डुबेर एक ५ वर्षीय बालकको मृत्यु भएको छ । खेल्ने क्रममा कल्भटमा जमेको पानीमा डुबेर राजकुमार मण्डलको छोरा विशाल भन्ने विजयकुमार मण्डलको मृत्यु भएको हो ।

घरबाट करिब १ सय मिटरको दुरीमा रहेको सो कल्भटको पानीमा डुबेर बालकको मृत्यु भएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस