आजदेखि २७ जिल्लाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

जनकपुरधाम । कोभिड–१९ विरुद्धको फाइजर खोप २७ जिल्लाका बालबालिकालाई आजदेखि दिइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिन लागिएको हो ।

बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ । आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्लामा झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन् ।

त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ । बाँकी ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने सरकारीको लक्ष्य रहेको मन्त्रलायले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस