छोरी शिक्षा बीमामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम, २० असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘छोरी शिक्षा बीमा/मुद्दती खाता’कार्यक्रममा सहयोग गर्न प्रदेशभरिका स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरेका छन् ।

उनले आज विज्ञप्ति जारी गर्दै ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत सुरु भएको सो कार्यक्रममा सहयोग गर्न आग्रह गरेका हुन् । ‘छोरी शिक्षा बीमा/मुद्दती खाता’कार्यक्रमका लक्षित छोरीहरुलाई असार २४ गतेभित्र फारम भर्न लगाई सहयोग गरिदिन हुन उनले आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७८ माघ १ गतेपछि जन्मिएका प्रदेशभित्रका छोरीहरुको ३ लाखको बीमा प्रदेश सरकारले गर्ने भएको हुँदा असार २४ गतेभित्र आ–आफ्नो पालिकाका छोरीहरुको फारम भर्न लगाई मधेश प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधाममा पठाइ सहयोग गरि दिनु हुन अनुरोध छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस